यस्तो छ मुस्ताङ, जहाँ घुम्न सिएनएनले गर्याे सिफारिस (तस्बिरहरु)
मुस्ताङ | बैशाख ३१, २०८०
मुस्ताङ: अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ ।
अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको छ।
नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ। हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको छ ।

तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन् । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् ।
पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।

मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो। यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ ।
हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ।
तस्बिर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज
















पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

